दफा १८
अनुशासनात्मक कारबाही गर्न सक्ने
(१) विधान विपरीत काम गर्ने वा दलको आचारसंहिता पालना नगर्ने सदस्य वा पदाधिकारीलाई विधानमा व्यवस्था भए बमोजिम दलले अनुशासनात्मक कारबाही गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम कारबाही गर्दा निजलाई सफाई पेश गर्ने मनासिब मौका दिनु पर्नेछ ।
(३) यस दफा बमोजिम दलले कुनै सदस्यलाई कारबाही गर्दा त्यसको कारण र आधार स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।